शान्ति–सुरक्षा र अनुशासनमा उदाहरणीय योगदान: सई गौरव दास सम्मानित

12

वीरगन्ज । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा इलाका प्रहरी कार्यालय गंगापिपरा, रौतहटका प्रहरी नायब निरीक्षक (सई) गौरव कुमार दासलाई “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” प्रदान गरेको छ।

राष्ट्र र नागरिक सेवामा समर्पित रहँदै “सत्य सेवा सुरक्षणम्” को मूलमन्त्रबाट प्रेरित सई दासले प्रभावकारी प्रहरी सेवा, शान्ति–सुरक्षा कायम, उच्च अनुशासन, व्यावसायिक दक्षता र निरन्तर अठोट देखाएको योगदानका आधारमा नेपाल प्रहरीले उक्त सम्मान प्रदान गरेको हो।

प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा सई दासलाई प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो।

प्रहरी मुख्यालयका अनुसार, सई दासले भविष्यमा पनि राष्ट्रसेवामा अझ प्रेरणादायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.