जनकपुर–ढल्केबर सडकमा युवक मृत फेला, प्रहरी अनुसन्धानमा

69

जनकपुर, धनुषा — क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जनकपुर–ढल्केबर सडक खण्डको पूर्वपट्टि बिहानी आज एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय आजिम कवारीका रूपमा भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

स्थानीयवासीले सडक छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेर प्रहरी टोलीले आवश्यक मुचुल्का कार्य पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको कारण प्रारम्भिक रूपमा स्पष्ट नभएकोले विस्तृत अनुसन्धान सुरु गरिएको छ। प्रहरीले घटनास्थल वरिपरिका सिसिटिभी फुटेज संकलन गर्दै घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

प्रहरी अनुसन्धानको क्रममा रहेकाले आम सर्वसाधारणलाई शान्ति राख्न र अफवाह नफैलाउन अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.