नयाँ मतदाता दर्तामा उत्साहस् भौतिक र राष्ट्रिय परिचयपत्रमार्फत ५ लाख भन्दा बढी दर्ता
काठमाडौँ — मतदाता नामावली सूचीमा नयाँ नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ । निर्वाचन आयोगका अनुसार आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५ सय ७५ जनाले दर्ता गरिसकेका छन् ।
आयोगले कात्तिक ३० सम्म अवधि तोकेकोमा ५ दिन थप गरेको थियो । जसअनुसार मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ । जेन–जी आन्दोलनपछि गठित सरकारले २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । जसका लागि सरकारले १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु गरेको थियो ।