प्याप्सन जुनियर फुटबल प्रतियोगिता: साउथ जोन माविको शानदार जीत

13

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साको आयोजनामा सञ्चालन भइरहेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज वीरगञ्जमा सम्पन्न खेलमा साउथ जोन माध्यमिक विद्यालयले सशक्त प्रदर्शन गर्दै डी.ए.भी. केडिया विद्यालयलाई ५–० गोल अन्तरले पराजित गरेको छ।

निर्धारित समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि साउथ जोन माध्यमिक विद्यालयले खेलको दोस्रो हाफमा निर्णायक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। उत्कृष्ट खेल प्रदर्शनका कारण आयुष चौधरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।

उक्त खेलले प्रतियोगितामा थप रोमाञ्चकता थपेको छ। आयोजकका अनुसार विद्यालयस्तरीय खेलकुदको विकास, अनुशासन र खेलभावनाको अभिवृद्धिमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.