प्याप्सन जुनियर फुटबल प्रतियोगिता: साउथ जोन र बिकन इंग्लिशको शानदार जीत

77

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साको आयोजनामा सञ्चालन भइरहेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज वीरगञ्जमा सम्पन्न खेलहरू रोमाञ्चक बनेका छन्।

आज सम्पन्न पहिलो खेलमा साउथ जोन माध्यमिक विद्यालयले सशक्त प्रदर्शन गर्दै डी.ए.भी. केडिया विद्यालयलाई ५–० गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि साउथ जोनले दोस्रो हाफमा निर्णायक खेल प्रदर्शन गर्दै जित सुनिश्चित गरेको हो। उत्कृष्ट प्रदर्शनका आधारमा आयुष चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यसैगरी, सम्पन्न अर्को खेलमा बिकन इंग्लिश बोर्डिङ स्कुलले वीरगञ्ज पब्लिक इंग्लिश बोर्डिङ स्कुललाई ८–० गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित हात पारेको छ। उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका अंश थारु ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।

यी खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ। आयोजकका अनुसार विद्यालयस्तरीय खेलकुदको विकास, अनुशासन र खेलभावनाको अभिवृद्धिमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.