जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज–१६ मा घरदैलो तथा संवाद कार्यक्रम सम्पन्न

59

वीरगन्ज, माघ २४ गते ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले महिलाको सम्मानबिना समाज समृद्ध हुन नसक्ने स्पष्ट गर्दै महिला सम्मान, समानता र सशक्तीकरणका लागि आफूसँग ठोस रोडम्याप रहेको बताए। उनले महिला साक्षरता, सीप विकास, उद्यमशीलता र आय–आर्जनसँग महिलालाई जोड्दै आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।

सरार्फले वीरगन्जको समग्र विकास, स्थानीय सरोकारका मुद्दा तथा मधेसको अधिकार र पहिचानको सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै संसद तथा सम्बन्धित निकायमा वीरगन्ज र वीरगन्जवासीको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता जनाए। देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले सबैलाई हर्न छापमा मतदान गर्न आग्रह गरे।

कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सरार्फको भव्य स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा पूर्व एसएसपी अनुराग द्विवेदी, अनिता रौनियार, समानुपातिक उम्मेदवारहरू विजय पासवान, बबिता पुडासैनी, नेताहरू नजमा खातुन, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.