नेशनल मेडिकल कलेज वीरगञ्जको आयोजनामा “ Run for Life , Run For Health” म्याराथन सम्पन्न

82

वीरगञ्ज, २१ चैत्र — नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत सञ्चालन गरिएको थियो।

स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। बिहान ६:३० बजेबाट सुरु भएको कार्यक्रम ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो।

कार्यक्रम कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (APF) १३ गणका एसपी मोहन बहादुर क्षेत्री सहभागी भएका थिए। यसैगरी बीरगंज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रमुख तथा पर्सा खेलकुद विकास समितिका रेफ्री विशेश्वर पटेलको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतको सक्रिय सहभागिता रहेको थियो। साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

म्याराथनको क्रममा सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलले वार्मअप तथा सुरक्षा निर्देशन दिएका थिए। एस्कर्ट टोली, ट्राफिक व्यवस्थापन तथा एम्बुलेन्स सेवा (चलायमान तथा स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो। मार्गका विभिन्न स्थानमा सहायता केन्द्र स्थापना गरी प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

कार्यक्रमको समापन NMCTH (गोलम्बर नं. २ – बास्केटबल कोर्ट) मा पदक वितरणसहित गरिएको थियो। प्रतियोगितामा पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भए। महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भइन्।

त्यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भएका थिए।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.