पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

65

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा। आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको छ।

हाल देउवा दम्पत्ती नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन। उनीहरू फागुन २१ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र हाल हङकङमा रहेको समाचार सार्वजनिक भएको छ। गृह मन्त्रालय निकट स्रोतका अनुसार, स्वदेश नफर्किए इन्टरपोलमार्फत ‘नोटिस’ जारी गरी ल्याउने तयारी भइरहेको छ।

गतमा, ‘जेनजी’ आन्दोलनका क्रममा देउवा दम्पत्तीमाथि कुटपिट भएको थियो र बुढानीलकण्ठस्थित निवासमा आगजनी भएको थियो। सो घटनामा जलेका नोटहरूको भिडियो सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाएको थियो। अहिले यस घटनाको विस्तृत अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अगाडि बढिरहेको छ।

Leave A Reply

Your email address will not be published.