जीतपुरबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

41

वीरगञ्ज । सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगञ्ज महानगरपालिका–१४ का १८ वर्षीय राजन पासवान रहेका छन्।

प्रहरीका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००९ प ३७५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.