पकाहाँमैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहद्वारा पदभार ग्रहण

37

पकाहाँमैनपुर, १४ असोज।

पर्साको पकाहाँमैनपुर गाउँपालिकामा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले बुधबार पदभार ग्रहण गरेका छन्। गाउँपालिकामा आयोजित एक स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश मेहताले दोसल्ला ओढाई अधिकृत सिंहलाई औपचारिक रूपमा स्वागत गरेका हुन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरफून नेशा, वडा नं. १ का अध्यक्ष बिनोद मेहता, वडा नं. २ का अध्यक्ष मुकुट चौहान, वडा नं. ३ का अध्यक्ष संजय चौहान, वडा नं. ४ का अध्यक्ष ढेड़ी यादव तथा वडा नं. ५ का अध्यक्ष बलिराम चौरसिया लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा प्रशासन प्रमुख रमेश मेहताले स्वागत मन्तव्य व्यक्त गर्दै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतको कार्यकाल सफल र उपलब्धि मूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख दामोदर द्विवेदीले गरेका थिए।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा आफू प्रतिबद्ध रहेको बताए। उनले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायबीच समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै नागरिकले सहज, छिटोछरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाको विकास र समृद्धिका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैलीमार्फत संस्थागत सुधार तथा विकास निर्माणका कार्यलाई अघि बढाइने बताए।

कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.