बबिता दुगडको ११ दिने तपस्याको तपसंपूर्ति, जैन संस्कार विधिबाट सम्पन्न

58

वीरगञ्ज, २३ साउन । अखिल भारतीय तेरापंथ युवक परिषद्को निर्देशनमा तेरापंथ युवक परिषद् वीरगञ्जले जैन संस्कार विधिको महत्वबारे समाजमा जनचेतना फैलाउँदै विभिन्न धार्मिक संस्कारका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसै क्रममा वीरगञ्जकी श्रीमती बबिता दुगडले गरेको ११ दिने तपस्याको तपसंपूर्ति कार्यक्रम शुक्रबार उहाँकै निवासमा सम्पन्न भएको छ। तेरापंथ युवक परिषद् वीरगञ्जको आयोजनामा सम्पन्न कार्यक्रममा जैन संस्कार विधि अनुसार धार्मिक अनुष्ठान तथा मन्त्रौच्चारण सहित तपसंपूर्ति संस्कार सम्पन्न गरिएको हो।

कार्यक्रममा संस्कारक श्री पंकज बैद र तेरापंथ युवक परिषद्का द्वितीय उपाध्यक्ष श्री सुमित सेठियाले विधिवत् मन्त्रौच्चारण सहित संस्कार सम्पन्न गराएका थिए। तपसंपूर्ति पश्चात् उपस्थित तेरापंथ युवक परिषद्का पदाधिकारी, सदस्य तथा तेरापंथ सभा र महिला मण्डलका सदस्यहरूले तपस्वी बबिता दुगडको तपस्याको अनुमोदना गर्दै गीतिका प्रस्तुत गरेका थिए।

कार्यक्रममा तेरापंथ युवक परिषद् वीरगञ्जका अध्यक्ष श्री सुनील दुगड, मन्त्री श्री पियुष जम्मड, एबीटीवाईपीका वर्किङ कमिटी सदस्य श्री लोकेश जम्मड, रक्तदान अन–कलका श्री आशीष चोरडिया लगायत परिषद्का पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

त्यस्तै, तेरापंथ सभा वीरगञ्जका अध्यक्ष श्री दिलीप कोठारी, सभा सल्लाहकार श्री राजकुमार बैद, तेरापंथ युवक परिषद्का सल्लाहकार श्री मनोज सेठिया लगायतको उपस्थिति रहेको थियो। महिला मण्डल अध्यक्ष श्रीमती ममता कोठारीसहित महिला मण्डलका सदस्य तथा तपस्वीका परिवारजनको समेत कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

तेरापंथ युवक परिषद् वीरगञ्जले जैन संस्कार विधिलाई घर–घरमा पुर्‍याउने उद्देश्यसहित यसको धार्मिक तथा सांस्कृतिक महत्वबारे समाजलाई जानकारी गराउँदै आएको जनाएको छ। परिषद्ले आगामी दिनमा पनि जैन संस्कार विधिमार्फत विभिन्न संस्कार तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

‘जैनम–जैनत्व, हम घर–घर पहुँचायेंगे’ भन्ने अभियानलाई अघि बढाउँदै परिषद्ले सेवा, संस्कार र संगठनलाई आफ्नो मूल आधार बनाएको छ।

Leave A Reply

Your email address will not be published.