७ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका दुई प्रतिवादी पक्राउ

39

वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ७ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार २०७६ साउन ३१ गते राति करिब १२ बजे तत्कालीन उदयपुरघुर्मी गाविस–९ हाल वीरगञ्ज महानगरपालिका–२७ जसौली निवासी अन्दाजी ७० वर्षीय महिन्द्र महतो कोईरीको घरायसी विवादका क्रममा हत्या गरिएको थियो । घटनापछि फरार रहेका प्रतिवादीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले उनीहरूलाई आफ्नै घर ठेगानामा लुकिछिपी बसिरहेको अवस्थामा २०८३ वैशाख २९ गते दिउँसो करिब ३ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२७ निवासी ५० वर्षीया जगमती देवी कोईरी र ३२ वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.