राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज महानगर कार्यसमितिमा मदसिन राजा नियुक्त

65

वीरगञ्ज, असार २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगर कार्यसमितिले महसिन राजालाई महानगर कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ।वीरगञ्ज महानगर कार्यसमितिका सभापति दिपाराज पटेलद्वारा हस्ताक्षरित प्रमाणपत्र मार्फत राजालाई सदस्य पदमा मनोनयन गरिएको हो। प्रमाणपत्रमा उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिम्मेवारी प्रदान गरिएको उल्लेख छ।

पार्टीले महानगर कार्यसमितिलाई थप प्रभावकारी र सशक्त बनाउने उद्देश्यले नयाँ सदस्य मनोनयन गरिएको जनाएको छ। नवमनोनीत सदस्य राजाले पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।

Leave A Reply

Your email address will not be published.