दुर्गा प्रसाईंलाई राहत, २ लाख धरौटीमा छाड्न अदालतको आदेश

47

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिवप्रसाद खतिवडाले जानकारी दिए।

प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

यस अघि पनि साइबर अपराध, सार्वजनिक शान्ति विरुद्धको कसुर तथा निर्वाचन सम्बन्धी कसुर लगायत विभिन्न अभियोगमा पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि पटक–पटक रिहा हुँदै आएका छन्।

प्रसाईं यस अघि पनि दर्जन भन्दा बढी पटक पक्राउ परिसकेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.