परवानीपुरका हरिओम पटेल कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित
बारा, असोज ४ आनन्द पटेल ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाराको परवानीपुर गाउँपालिका–५ का हरिओम पटेल क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रमाण–पत्र अनुसार पटेल बारा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. ४ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. ४(ख) बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। निर्वाचनमा विजयी भएपछि उनलाई महाधिवेशन प्रतिनिधिको प्रमाण–पत्र प्रदान गरिएको छ।

कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका पटेलको निर्वाचितसँगै क्षेत्र नं. ४(ख) बाट पार्टीको १५औँ महाधिवेशनमा प्रतिनिधित्व गर्ने बाटो खुलेको छ।
पटेल निर्वाचित भएपछि स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। कार्यकर्ताहरूले उनको प्रतिनिधित्वले पार्टी संगठनलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्।