रॉयल एकेडेमीमा ‘REC English Connect 2083’ सम्पन्न,२५ विद्यार्थी आरईसीमा आबद्ध

32

वीरगञ्ज, असोज ४ आनन्द पटेल ।

विद्यार्थीमा अंग्रेजी भाषाको सञ्चार क्षमता, आत्मविश्वास, सार्वजनिक वक्तृत्व तथा नेतृत्व सीप विकास गर्ने उद्देश्यले वीरगञ्ज स्थित दी रॉयल एकेडेमीमा ‘REC English Connect 2083’ एकदिने अंग्रेजी सेमिनार सम्पन्न भएको छ।

रॉयल एकेडेमी अन्तर्गतको Royal English Community (REC) को आयोजनामा सम्पन्न कार्यक्रममा प्रसिद्ध अंग्रेजी शिक्षाविद् तथा प्रशिक्षक सन्तोष कर्णले विद्यार्थीलाई अंग्रेजी भाषामा प्रभावकारी सञ्चार, आत्मविश्वास अभिवृद्धि, प्रवाहपूर्ण बोलाइ, सार्वजनिक वक्तृत्व तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए।

‘Connect. Communicate. Create Confidence.’ भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा REC का पुराना ८५ सदस्य सहित कक्षा ५ देखि ९ सम्मबाट छनोट भएका २५ नयाँ सदस्यलाई औपचारिक रूपमा REC मा प्रवेश गराउँदै  ब्याच वितरण गरिएको थियो। नयाँ सदस्य थपिएसँगै REC मा आबद्ध विद्यार्थीको संख्या ११० पुगेको छ।

कार्यक्रममा विद्यार्थीलाई अंग्रेजी बोल्ने अभ्यास, सञ्चार सीप तथा आत्मविश्वास विकाससँग सम्बन्धित विभिन्न अन्तरक्रियात्मक गतिविधिमा सहभागी गराइएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीले सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्ने, समूहमा छलफल गर्ने तथा नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर समेत पाएका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा २५ नयाँ REC सदस्यलाई औपचारिक ब्याच वितरण तथा दीक्षान्त शैलीको प्रवेश कार्यक्रम गरिएको थियो। त्यसपछि प्रशिक्षक कर्णले विद्यार्थीलाई अंग्रेजी भाषालाई केवल परीक्षाको विषयका रूपमा नभई दैनिक जीवन, अध्ययन तथा भविष्यको व्यावसायिक यात्रामा प्रभावकारी सञ्चारको माध्यमका रूपमा प्रयोग गर्न प्रेरित गरेका थिए।

कार्यक्रममा रॉयल एकेडेमीकी डाइरेक्टर सबनम श्रेष्ठ, प्रिन्सिपल विजया ओझैया, भाइस प्रिन्सिपल सुमन श्रेष्ठ, को–अर्डिनेटर सोनु दास लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष तथा सञ्चारकर्मी आनन्द पटेल सहित विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस अवसरमा REC Student Leadership Board समेत प्रस्तुत गरिएको थियो। जसमा परिशी दास अध्यक्ष, सिद्धि बिहाउत र साजन बैथा उपाध्यक्ष, स्मारिका क्षेत्री सचिव तथा साव्या झा कोषाध्यक्ष रहेका छन्।

कार्यक्रममा स्वागत तथा औपचारिक उद्घाटन, प्रशिक्षक परिचय, अन्तरक्रियात्मक प्रशिक्षण, अंग्रेजी सञ्चार तथा आत्मविश्वास अभिवृद्धिका गतिविधि, नयाँ सदस्यलाई REC ब्याज वितरण, प्रशिक्षकको समापन मन्तव्य, प्रमाणपत्र वितरण तथा धन्यवाद ज्ञापन लगायतका कार्यक्रम सम्पन्न भएका थिए।  साथमा अतिथीहरुलाई मायाको चिनो र सम्मानपत्रले समेत सम्मानित गरिएको थियो ।

रॉयल एकेडेमीले REC मार्फत विद्यार्थीलाई अंग्रेजी बोल्ने आत्मविश्वास, प्रभावकारी सञ्चार, सार्वजनिक वक्तृत्व, नेतृत्व क्षमता र सक्रिय सहभागिता विकास गर्ने अवसर प्रदान गर्दै आएको जनाएको छ। विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठा भन्दा बाहिर व्यवहारिक रूपमा अंग्रेजी प्रयोग गर्न र भविष्यका लागि नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने छ।

Leave A Reply

Your email address will not be published.