रंगोली प्रतियोगितामा नवदीप एकेडेमीको उत्कृष्ट प्रदर्शन, तीन छात्रा प्रथम

63

वीरगंज । वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीका कक्षा ८ मा अध्ययनरत तीन छात्राले तिहारको अवसरमा आयोजित रंगोली प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगितामा विद्यालयका छात्रा फलक हवारी, आरुशी पटेल र अनु पण्डितले आकर्षक तथा सिर्जनात्मक रंगोली प्रस्तुत गर्दै प्रथम स्थान प्राप्त गरेका हुन्।

तीनै छात्राले रङहरूको उत्कृष्ट संयोजन, नवीन कल्पना र सामूहिक सहकार्यका माध्यमबाट आफ्नो कलात्मक प्रतिभा प्रस्तुत गरेका थिए। उनीहरूको आकर्षक प्रस्तुतिले प्रतियोगितामा उत्कृष्टता हासिल गर्नुका साथै विद्यालयको गौरवसमेत बढाएको छ।

विद्यालयकी प्रिन्सिपल सुशीला साहको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको कला, सिर्जनशीलता र प्रतिभाको प्रशंसा गरिएको थियो।

यस उपलब्धिले विद्यार्थीहरूमा कल्पनाशक्ति, मेहनत, सामूहिक भावना र सिर्जनात्मक क्षमताको विकासमा थप प्रेरणा मिल्ने विद्यालयले विश्वास व्यक्त गरेको छ।

विद्यार्थीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै विद्यालय परिवारले विजेता छात्राहरू फलक हवारी, आरुशी पटेल र अनु पण्डितलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट सफलता हासिल गर्न शुभकामना दिएको छ।

‘गुडनेस बिफोर ग्रेटनेस’ भन्ने मूल मान्यताका साथ अघि बढिरहेको नवदीप एकेडेमीले विद्यार्थीहरूको शैक्षिक विकाससँगै कला, संस्कृति तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको छ।

Leave A Reply

Your email address will not be published.