अक्षरारम्भ कप २०८३ : माउन्ट मकालुको शानदार जित, न्यू वेभमाथि ५ विकेटको विजय

199

वीरगञ्ज आनन्द पटेल ।

अक्षरारम्भ कप २०८३ अन्तर्गत सम्पन्न १५औँ खेलमा माउन्ट मकालु एकेडेमीले न्यू वेभ एकेडेमीलाई ५ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ।

वीरगञ्जस्थित टीपी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यू वेभले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको थियो।

न्यू वेभका लागि सोहेब आलमले १७ रन तथा सुरज साहले १० रनको योगदान दिएका थिए। माउन्ट मकालुका बलर सुमित तुहाराले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। त्यस्तै निखिल सर्राफले ३ ओभरमा १० रन दिँदै २ विकेट हात पारे।

७३ रनको लक्ष्य पछ्याएको माउन्ट मकालुले ११ ओभरमा ५ विकेट गुमाउँदै ७४ रन बनाएर जित आफ्नो पक्षमा पारेको थियो। माउन्ट मकालुका लागि रलम खानले २१ रन तथा कन्हैया यादवले १९ रन बनाए।

न्यू वेभका बलर विशाल चौधरीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने प्रिन्स मण्डलले ३ ओभरमा १४ रन दिँदै २ विकेट हात पारे।

खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिएका माउन्ट मकालुका सुमित तुहारा प्लेयर अफ द म्याच घोषित भए।

अक्षरारम्भ कप २०८३ को आयोजना सनलाइट सेकेन्डरी स्कुल, विद्या सदन सेकेन्डरी स्कुल र न्यू वेभ एकेडेमीले संयुक्त रूपमा गरेका हुन्।

Leave A Reply

Your email address will not be published.