Browsing Category
स्थानीय
पकाहाँमैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहद्वारा पदभार ग्रहण
पकाहाँमैनपुर, १४ असोज।
पर्साको पकाहाँमैनपुर गाउँपालिकामा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले बुधबार पदभार ग्रहण गरेका छन्। गाउँपालिकामा आयोजित एक स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश मेहताले दोसल्ला ओढाई अधिकृत…
वीरगन्ज महानगरपालिकाको बजेट २१ करोडले घट्यो, संशोधित बजेट बहुमतले पारित
वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट संशोधन गर्दै २१ करोड रुपैयाँले घटाएको छ। बुधबार सम्पन्न महानगरपालिकाको २१औँ विशेष नगरसभाले ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट बहुमतले पारित गरेको हो।…
मुख्य सडक विस्तारसँगै वीरगञ्जमा विद्युत् तार भूमिगत गर्न महानगरको माग
वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख…
बहुअरी–परवानीपुर सडक जीर्ण, दुर्घटनाको जोखिम बढ्यो
वीरगञ्ज ।
पर्साको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर–मिलनचोकतर्फ जाने सडक विभिन्न स्थानमा जीर्ण बन्दै गएपछि यात्रु तथा सवारी चालकले दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
सडकका विभिन्न भागमा पिच उप्किनुका…
नारायणी अस्पतालका बिरामीका कुरुवालाई प्रबेज अख्तरले गरे फलफूल वितरण
वीरगञ्ज, ११ असोज ।
समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका संस्थापक सदस्य प्रबेज अख्तरले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई फलफूल वितरण गरेका छन्।
अस्पतालमा बिरामीको उपचारका क्रममा लामो समयदेखि…
वीरगञ्जको २५ मिटर सडक विस्तार विरुद्ध स्थानीयको मौन जुलुस, कालो झण्डा सहित प्रदर्शन
वीरगञ्ज, ७ असोज ।
वीरगञ्जको मुख्य सडक २५–२५ मिटर विस्तार गर्ने निर्णयविरुद्ध मेन रोड क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। पुस्तौँदेखि बसोबास तथा व्यवसाय गर्दै आएका नागरिकका घर तथा संरचना सडक विस्तारका क्रममा विस्थापित हुने अवस्था…
वीरगन्जमा घर निर्माण मेला सुरु, मन्त्री कनिश पटेलले गरे उद्घाटन
वीरगन्ज, १९ भदौ । आनन्द पटेल
वीरगन्जमा घर निर्माणसम्बन्धी सामग्री, प्रविधि तथा सेवाबारे जानकारी दिने उद्देश्यले ‘बिल्डिङ ड्रिम्स, क्रियटिङ अपर्चुनिटिज, कनेक्टिङ इनोभेसन’ नारा सहित घर निर्माण मेला बिहीबारदेखि सुरु भएको छ।
ई होम…
रसुवाका बाढीपीडितका लागि फेटा गाउँपालिकाले १९ लाख रुपैयाँ सहयोग गर्ने
वीरगञ्ज । बाराको फेटा गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १९ लाख २ हजार ६३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
फेटा गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले उक्त…
सूचना विवादमा पोखरिया अस्पतालका निमित्त मेसुको स्पष्टोक्ति– ‘कानुनी प्रक्रिया पूरा गरेर सूचना दिएका…
वीरगञ्ज । पर्साको प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालसँग सम्बन्धित सूचना माग गर्ने नागरिकको अधिकार कुण्ठित नगरिएको दाबी गरेका छन्। उनले प्रचलित कानुन र प्रशासनिक प्रक्रिया पूरा गरी…
वीरगञ्ज महानगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग गर्ने
वीरगन्ज १३ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका…