रक्सौलमा दुई मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते

22

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनामा परेका तीन जना नेपालका र दुई जना भारतको कोटवाका बासिन्दा रहेको जानकारी प्राप्त भएको छ । घाइतेहरूको उपचार रक्सौलस्थित एसआरपी अस्पतालमा भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी टोली अनुसन्धानमा जुटेको छ ।

अहिलेसम्मको प्रारम्भिक जानकारीअनुसार, तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई आपसमा ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ । थप जानकारीका लागि प्रहरीले घटनास्थलको विवरण सङ्कलन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.