बागमती प्रदेशमा संयुक्त जलजन्य विपद् उद्धार (कृतिम अभ्यास) कार्यक्रम सम्पन्न

314

 

जेठ २२, हेटौडा , आनन्द पटेल

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाको आयोजना र सुरक्षा निकायहरूको समन्वयमा विपद् व्यवस्थापन सम्बन्धी जलउद्धार संयुक्त (कृत्रिम अभ्यास) प्रदर्शनी कार्यक्रम बिहिवार समपन्न भएको छ । आन्तरिक तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा सुरक्षा निकाय,स्थानिय निकाय,संघसस्थाहरुबिच संयुक्त विपद् व्यवस्थापन सम्बन्धि कृतिम अभ्यास कार्यक्रम अन्तर्गत विषयविज्ञ छ्लफल र गोलबद्ध अभ्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

यसका साथै भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणी नदि किनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्काउट समेतको सहकार्यमा ७ दिनसम्म चलेको जल उद्धार सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी समेत गरिएको थियो । उक्त कार्यक्रममा मुख्य मन्त्रीले विपद् उद्धारमा योगदान पुर्याएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला निकायहरूलाई कदरपत्र प्रदान गर्नुको साथै कार्यक्रम स्थलमा राखिएको विपद् उद्धारमा प्रयोग हुने सामाग्रीहरूको समेत अवलोकन गर्नु भएको थियो । सो अवसरमा प्रदेश सरकारका प्रतिनिधि, कर्मचारी लगायत सुरक्षाकर्मीहरुको उपस्थिति
रहेको थियो ।

Leave A Reply

Your email address will not be published.