खानेपानीमा अनधिकृत मोटर जडान गर्नेलाई कारवाही हुने : वीरगंज महानगरपालिका

70

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थानद्वारा वितरित खानेपानी पाइपलाइन र बोरिङबाट आपूर्ति हुने पानीमा केही व्यक्तिहरूले अनधिकृत रूपमा सोझै मोटर जडान गरी पानी तान्ने गरेको गुनासो प्राप्त भएको भन्दै यस्तो कार्य तत्काल रोक्न अल्टिमेटम दिएको छ। महानगरपालिकाले यस्ता कार्य गर्नेहरूलाई नियमानुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ।

महानगरपालिकाले एक अत्यन्त जरुरी सूचना जारी गर्दै अनधिकृत रूपमा मोटर जडान गरी पानी तान्ने कार्यले अन्य सेवाग्राहीहरूमा खानेपानीको चरम अभाव सिर्जना भई उनीहरूको दैनिक जीवन प्रभावित भएको जनाएको छ। ‘यस किसिमको कार्यले अन्य सेवाग्राहीहरूमा खानेपानीको अभाव सिर्जना भई दैनिक जीवन प्रभावित भएको हुँदा यस्ता कार्य नगर्न÷नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

महानगरपालिकाले यदि यस्ता कार्यहरू गरिएको भेटिएमा नियमानुसार कारबाही भइजाने व्यहोरासमेत यसै सूचनामार्फत जानकारी गराएको छ। यो चेतावनीसँगै अब वीरगन्जमा खानेपानी चोरी गर्नेहरूमाथि कडा निगरानी राखिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.