ठोरीको ढुंगे बजारमा योग भवन निर्माणको घोषणा

46

ठोरी, पर्सा। पर्साको ठोरी गाउँपालिका–३ स्थित ढुंगे बजारमा योग भवन निर्माण गर्ने घोषणा गरिएको छ। ठोरी गाउँपालिका–३ का वडाध्यक्ष शम्भु खड्काले एक कार्यक्रमका बीच योग भवन निर्माणको घोषणा गर्नुभएको हो।

कार्यक्रममा योग समिति संयोजक लिलामाया जोशीलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

ठोरी क्षेत्रमा यसअघि पनि विभिन्न समयमा योग सम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। स्थानीयस्तरमा योग अभ्यासलाई थप व्यवस्थित, प्रभावकारी र निरन्तरता दिन योग भवन निर्माणको घोषणा गरिएको जनाइएको छ।

योग भवन निर्माण भएपछि स्थानीय नागरिकलाई नियमित योग अभ्यास गर्न सहज वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै, योगप्रति जनचेतना अभिवृद्धि गर्दै समुदायमा स्वस्थ जीवनशैलीको विकास गर्न तथा योगसम्बन्धी गतिविधिलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

योग भवन निर्माणको घोषणासँगै आगामी दिनमा योगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय नागरिकलाई योग अभ्यासमा सहभागी गराउन थप पहल हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.