इस्वी संवत् २०२६ को आगमन, ठमेलदेखि पोखरासम्म रौनक

33

काठमाडौं- ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। जिसस क्राइस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। नयाँ वर्ष सन् २०२६ का अवसरमा आज एकापसमा शुभकामना आदानप्रदान गरी खुसीयाली मनाइँदै छ।

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्षको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, दरबारमार्ग तथा उपत्यका बाहिर पोखरा, सौराहालगायतका पर्यटकीय स्थानहरूमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थितिसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।

इस्वी संवत् सौरमासका आधारमा मात्र निर्माण गरिएको मानिन्छ। विभिन्न संवत्को अध्ययन-अनुसन्धानमा संलग्न डा। शास्त्रदत्त पन्त सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विक्रम संवत्‌को तुलनामा इस्वी संवत् कम वैज्ञानिक भए पनि यसको विश्वव्यापी प्रभाव बढ्दै गएको बताउँछन्।

डा। पन्तका अनुसार ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको एक वर्ष हुन्छ। गणनामा सहजताका लागि इस्वी संवत्‌मा ‘लिप इयर’ का रूपमा समय व्यवस्थापन गर्न खोजिए पनि यसमा पूर्ण मतैक्यता हुन सकेको छैन। यसको तुलनामा विक्रम संवत्‌मा तीन वर्षमा आउने ‘अधिकमास’ मार्फत समयको वैज्ञानिक व्यवस्थापन गरिएको छ।

Leave A Reply

Your email address will not be published.