मानव सेवा अभियानः इनर व्हील क्लबद्वारा कपडा बैंकमा सहयोग

82

वीरगञ्ज। जाडो मौसमलाई मध्यनजर गर्दै इनर व्हील क्लब अफ वीरगञ्जले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई १५ पोका न्यानो कपडा हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा क्लबकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष प्रीति गुप्ता र सदस्य रोशिता श्रेष्ठ, भगवान श्रेष्ठ, प्रियंका झा, सरिता यादवको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, वीरगञ्ज कपडा बैंकका सचिव कन्हैया पटेल, सल्लाहकार प्रकाश उपाध्यायनिलारामले पनि कार्यक्रममा सहभागिता जनाएका थिए। क्लबका पदाधिकारीहरूले संकलन गरिएको न्यानो कपडा औपचारिक रूपमा कपडा बैंकका सचिव कन्हैया पटेललाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष मञ्जुरी श्रेष्ठले जाडो मौसममा गरिब, असहाय र विपन्न व्यक्तिहरूलाई न्यानो कपडाको आवश्यकता बढी हुने भएकाले क्लबले सामाजिक सेवाको भावनाले यो सहयोग गरेको बताइन्। उनले यस्ता मानवीय सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कपडा बैंकका सचिव कन्हैया पटेलले इनर व्हील क्लब अफ वीरगञ्जप्रति आभार व्यक्त गर्दै प्राप्त न्यानो कपडा वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म पुर्‍याइने जानकारी दिए। उनले यस्ता संस्थागत प्रयासहरूले समाजमा सहयोग, सहकार्य र मानवता प्रवर्द्धन गर्न अत्यन्त प्रेरणादायी हुने पनि बताए।

Leave A Reply

Your email address will not be published.