काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा, सक्रिय राजनीतिमा जाने तयारी
काठमाडौँ, २ माघ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
पाण्डेले माघ ३ गतेसम्म आफू बहाल रहने र त्यसपछि औपचारिक रूपमा पदमुक्त हुने बताएका छन्। उनका अनुसार व्यक्तिगत कारण तथा भावी योजनाका आधारमा राजीनामा दिने निर्णय गरिएको हो।
स्रोतका अनुसार पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। यही कारण उनले काठमाडौँ महानगर प्रहरी बलको नेतृत्वबाट बाहिरिने निर्णय गरेको बताइएको छ।
उनको राजीनामापछि काठमाडौँ महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा औपचारिक प्रक्रिया अघि बढाइने जनाइएको छ।