सहकारी ठगी मुद्दा : पर्सा अदालतद्वारा रवि लामिछानेसँग एक करोड धरौटी माग

62

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

जिल्ला न्यायाधीश रुद्र सुवेदीको इजलासले मंगलबार (माघ ६ गते) वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा लामिछानेसँग उक्त धरौटी माग गर्ने आदेश दिएको हो।

उक्त प्रकरणमा लामिछाने सहित २९ जना विरुद्ध मुद्दा दायर गरिएको थियो। लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी अभियोग लगाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले सबै प्रतिवादीहरूबाट कुल ११ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

लामिछानेको तर्फबाट अधिवक्ता डा. नारायण कँडेल र दीपेन्द्र झाले अदालतमा प्रतिरक्षा गरेका थिए। अदालतको आदेश अनुसार धरौटी प्रयोजनका लागि उम्मेदवार मनोनयनकै दिन लामिछाने वीरगन्ज आउनुपर्ने भएको छ।

Leave A Reply

Your email address will not be published.