आगामी बजेट देशमा आर्थिक क्रान्ति ल्याउने ंं. प्रधानमन्त्री प्रचण्ड
माघ,१५ विरगंज
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा आमूल परिवर्तन गरी जनचाहना अनुसारको बनाउने बताएका छन् ।
सोमबार वीरगन्जमा आयोजित प्रेस संगठन नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतका नीति , कार्यक्रम तथा बजेट जनताको पक्षमा नभएको महसुस गरेर नै आगामी नीति, कार्यक्रम तथा बजेटमा आमूल परिर्वतन गरिने बताए । उनले भने,‘नयाँ नीति,कार्यक्रम तथा बजेट मुलुकमा एउटा स–सानो क्रान्ति नै ल्याउने खालको हुन्छ ।त्यसका लागि अहिलेदेखि नै सरकारले ध्यान केन्द्रित गरेर काम थालिसकेको छ ।’
नयाँ बजेटको प्राथमिकतामा कृषि ,रोजगार र उद्योग क्षेत्र रहने बताउँदै उनले भने,‘यसका साथसाथै आगामी नीति , कार्यक्रम तथा बजेटमा नयाँ योजना थप्नु भन्दापनि पूराना महत्वकांक्षी योजनाहरुलाई सम्पन्न गर्ने प्राथमिकतापनि दिइनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले १ वर्षको कार्यकालमा आँफु नेतृत्वको सरकारले अहिलेसम्म गर्दै आएको भ्रष्टचार र माफीया विरुद्धको अभियानलाई निरन्तरता दिइने बताए ।सरकारले गरेका केहि काम अन्र्तराष्ट्रि स्तरमै मानक योग्य भएको जिकिरपनि उनले गरे।
उनले माओवादी नेतृत्वको सरकारले गरिरहेका राम्रा कामबाट अत्तालिएका प्रतिक्रियावादीहरुले सरकारका बारेमा विष बमन र झूठा प्रचार गरिरहेकाले त्यसको प्रतिवादमा सारा देशभक्त लाग्नुपर्नेमा जोडपनि दिए ।
पछिल्लो समय राजनीतिक उपलब्धी , परिवर्तन र शान्तिका विरुद्ध सामाजिक सञ्जालको दुरुपयोग बढेकोमा चिन्ता व्यक्त गर्दै उनले भने,‘ प्रतिकान्तिकारी र प्रतिक्रियावादीको प्रतिवादमा देशका सञ्चारकर्मीपनि लाग्नु पर्ने बेला भएको छ।’उनले माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामको पक्षमा जनमत बनाउन पार्टी निकटका सञ्चारकर्मीहरुलाई उनले निर्देशनपनि दिए ।
प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई नेकपा माओवादी केन्द्रका प्रवक्रा अग्नि सापकोटा, उपमहासचिव मातृका प्रसाद यादव, सचिव लीलामणी पोखरेल , सांसद किसन श्रेष्ठ, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतलेपनि सम्बोधन गरेका थिए ।