आजपा निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनमा दुईदर्जन प्रदर्शनकारी पक्राउ

367

वैशाख २३, वीरगञ्ज । प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनका क्रममा दुईदर्जन प्रदर्शनकारी पक्राउ परेका छन् ।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्न माग गर्दै त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालय अगाडि गरेको प्रदर्शनको क्रममा दुईदर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रञ्जु साह, चन्दा साह, सञ्जय साह, उपेन्द्र साह, मनोज यादव, आर्या पाण्डे कनक सिंह, विनोद साह, राजकुमार विके, बलभद्र आचार्य, विजय लामा लगायत एकदर्जन रहेको आम जनता पार्टी ९आजपा० ले जनाएको छ ।

आम सम्पर्क मञ्चले भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग मार्फत सरकार समक्ष ६ बुँदे माग सहित आज भन्सार सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.