छपकैयामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त छापामारी, १३ लाखको लत्ता कपडा बरामद

271

साउन ०४, वीरगञ्ज । सशस्त्र प्रहरी र नेपाल प्रहरीले छपकैयामा संयुक्त छापामारी गरी १३ लाख बराबरको भन्सार छलीका लत्ता कपडा बरामद गरेको छ । 

मंगलवार सशस्त्र प्रहरीका नायँव उपरिक्षक सुरज रिजाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक बिजय चौहानको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले छापामारी गरी सो लत्ता कपडा बरामद गरेको थियो ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज २ छपकैया गाँउ भित्रका बिभिन्न घरहरुमा संकास्पद रहेको भन्दै खोजतलाश गर्दा भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखिएको अवस्थामा १३लाख १०हजार बराबरको भन्सार छलीका साडी, कुर्ता, सुरुवाल लगायतको लत्ता कपडा बरामद गरेको थियो ।

प्रहरीले बरामद गरेको लत्ता कपडाको अनुमानीत मुल्य मुल्यांकन गरी आज आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका प्रवक्त देवेन्द्र सिंहले जानकारी दिए ।

भारतबाट अबैध रुपमा भन्सार छलीका सामानहरु लुकाई छिपाई ल्याई भण्डारण गर्न सक्ने सम्भावित स्थान तथा सवारी साधनहरुमा यस किसिमको संयुक्त छापामारी आँउदो दिनहरुमा पनि निरन्तर जारी राख्ने समेत प्रवक्ता सिंहले बताएका छन ।

सो अवसरमा सशस्त्र प्रहरीका नयाँव उपरिक्षक बिश्वराज योन्जन, बिरगंज भन्सार कार्यालय पर्साका नायँव सुब्बा बिष्णु प्रसाद चौधरी समेतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.