ट्रम्पद्वारा ब्रिक्स मुलुकहरूलाई थप १० प्रतिशत कर बढाउने चेतावनी

8

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ुब्रिक्सु देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ुब्रिक्स ुको ‘अमेरिकी विरोधी नीति’ सँग मिल्ने देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ुट्रुथ सोसलु मा ुब्रिक्सु को अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्ने बताउनुभएको छ । यसबाट कसैलाई पनि छुट नदिइने उहाँको भनाइ छ । यद्यपि ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा स्पष्ट वा विस्तृत रूपमा जानकारी दिनुभएको छैन ।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ुब्रिक्सु समूह गठन भएको थियो । पछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो । गएको वर्ष दक्षिण अफ्रिकामा भएको १५औं सम्मेलनले इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स ९यूएई० लाई सदस्यका रूपमा थपेको थियो ।

ब्राजिलको रियो दे जनेरियोमा ूब्रिक्सूदेशका नेताहरू भेला भइरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले थप कर लगाउने चेतावनी दिनुभएको हो । यस पटकको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ भने सहभागी हुनुभएको छैन ।

गएको वर्ष ट्रम्पले ूब्रिक्सू देशहरूले अमेरिकी डलरसँग प्रतिस्पर्धा गर्न आफ्नै मुद्राको विकल्प खोजेमा सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो ।

ुब्रिक्सुले विश्वको झन्डै आधा जनसङ्ख्या र विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगटेको छ ।

Leave A Reply

Your email address will not be published.