जेठ ३, वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताएका छन् ।
मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले मदन भण्डारीको हत्या गर्ने गरि भएको दासढुंगा दुर्घटनामा बिषयमा गम्भीर खोजी गर्नुपर्ने बताएका हुन ।
दासढुंगा दुर्घटनापछि पद्मरत्न तुलाधरको संयोजकत्वमा छानविन कमिटी र त्यसपछि केपी ओलीको नेतृत्वमा छानविन समिति बनेपछि ठोस निचोड आउन नसकेको उहाको भनाइ छ ।
नेपालले दासढुंगा दुर्घटनाको साक्षी अमर लामाको पनि हत्या भएपनि उक्त घटना थप रहस्यमय बनेको उनको भनाई छ । उनले दासढुंगा दुर्घटनाको छानविनमा सवैले सहयोग गर्नुपर्ने आवश्यक रहेको जिकिर गर्नुभयो ।