नारायणी क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको पिच निर्माण हुदै
वीरगञ्ज, वीरगञ्ज महानगरपालिका १४ स्थित नारायणी क्रिकेट रङ्गशालाको स्तरोन्नतिको काम सुरु भएको छ ।
दुई सातादेखि क्रिकेट मैदानको बिच भाग खनेर अन्तर्राष्ट्रिय स्तरको पिच निर्माण कार्य भइरहेको पर्सा क्रिकेट सङ्घ ९क्यान पर्सा० जानकारी दिएको छ । क्यान पर्साका अध्यक्ष ई।मनीष सिंहका अनुसार आउँदो डिसेम्बर–जनवरीमा हुने एलिट कपका लागि मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको हो ।
क्यान नेपालका प्रमुख पिच क्युरेटर महम्मद अबुल अल मनुनले नारायणी क्रिकेट मैदानमा ३०ह८० वर्ग फिटको क्षेत्रफलमा तीन वटा पिच निर्माण गरिरहेका छन् । पिचहरूको लम्बाइ ८० फिट र चौडाइ १० फिट रहनेछ ।
पिच निर्माणका लागि डेढ फिट गहिरो खनेर बालुवा, ढुङ्गा, गिट्टी, र माटो प्रयोग गरी निर्माण प्रक्रिया अघि बढाइएको छ । यो पिच अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ, जसले व्यावसायिक क्रिकेट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदानमा खेल्ने अवसर प्रदान गर्नेछ ।
राष्ट्रिय प्रतियोगिताका लागि मार्ग प्रशस्त
पिच क्युरेटर मनुनले पिचले बलरहरूलाई विशेष फाइदा पुर्याउने बताए । खेलको दिनमा पिचको तयारी स्पिनरहरूका लागि वा तीव्र गतिका बलरहरूको लागि अनुकूल गरिनेछ । नारायणी मैदानको पिचले बाउन्सर बलहरूलाई समेत सहज बनाउने बताए ।
पिच स्तरोन्नतिका लागि झन्डै ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्यान नेपालका सचिव पारस खड्काको विशेष पहलमा यो पिच निर्माण कार्य सम्पन्न हुँदै छ, जसले वीरगञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त स्थल बनाउनेछ ।
गत पिएम कपका उत्कृष्ट चार टीमले वीरगञ्ज र जनकपुरमा एलिट कप खेल्नेछन्, जसले गर्दा यस क्षेत्रका खेल प्रेमीहरूले उच्चस्तरीय क्रिकेट खेलको मजा लिन पाउनेछन् ।
मैदानको सुरक्षा र व्यवस्थितता
नारायणी क्रिकेट मैदानलाई सुरक्षित र व्यवस्थित बनाउन क्यानले विभिन्न पहलहरू गरिरहेको छ । केही जग्गाधनीलाई अढाई करोड रुपैयाँ मुआब्जा दिनुपर्ने हुँदा क्यानले राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको छ । मुआब्जा वितरणपछि मैदानलाई तार जाली लगाएर सुरक्षित बनाउने योजना छ ।
त्यसै गरी, मैदानमा प्यारा पिट निर्माणको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत अघि बढाइएको छ । फाइल स्वीकृत भएपछि कतार सरकारले प्यारा पिट निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
आगामी दिनमा नारायणी क्रिकेट मैदानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू सञ्चालन हुने सम्भावना प्रबल बन्दै गएको छ ।