प्रधानमन्त्री ओली, देउवा र उपेन्द्र यादवबीच आज राति ८ बजे सत्ता गठबन्धनबारे छलफल हुने

50

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार राति ८ बजे भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए अनुसार छलफल सत्ता गठबन्धन, समसामयिक राजनीतिक अवस्था र आपसी सहकार्यका विषयमा केन्द्रित हुने छ।

जसपा नेपाल हाल ओली नेतृत्वको सरकारमा समर्थन रहेको भए पनि पार्टीभित्र समर्थन फिर्ताको आवाज उठ्न थालेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन फिर्ता गर्न संसदीय दललाई आग्रह गरिसकेको छ।

हाल प्रतिनिधिसभामा जसपा नेपालका ५ र राष्ट्रिय सभामा ३ जना सांसद छन्। नेताहरूबीचको आजको छलफलबाट आगामी राजनीतिक समीकरणबारे स्पष्ट दिशा निर्धारण हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.