युवा पिढी ई–रिक्सा व्यवसायीमा आकर्शीत

280

विशाल पटेल साउन ०१, वीरगञ्ज । अमन कुमार श्रिवास्तव भन्छन” ‘देशमै शिक्षित युवालाई रोजगारी पाउन सहज छैन भने हामी जस्ता अशिक्षित युवालाई रोजगारी कहाँबाट पाउनु ? देशकै आर्थिक राजधानी हो वीरगञ्ज । यहाँ हजारौको संख्यामा मानिषहरुको ओहरदोहर हुन्छ । एक ठाउँबाट अर्को ठाउँ जना मानिषलाई सवारीसाधनको सुविधा चाहिने गरेको हुन्छ ।

वीरगञ्ज बजारमा काम कम भएपनि छिमेकी देश भारतको रक्सौलमा सामान किनमोलका लागी देशै भित्रका मानिषहरु आउने गरेकोले आम सर्वसाधारणलाई सवारीको आवस्यता पर्ने गरेको हुन्छ । हजारौको संख्यामा मानिषहरुको ओहोर दोहोरको लागि यहाँ ४ हजार भन्दा बढि ई–रिक्सा, १ हजार टेक्पु र सयको संख्या टाङ्गा र पौडेलरिक्सा प्रयोग हुने गरेको छ । वीरगञ्जमा अधिकंस ई–रिक्सा चलाउने युवानै छन् । आफ्नै देशमा रोजगारी नपाएपिछ उनीहरुको साहारा बनेको छ ई–रिक्सा ।

बिगत ७ वर्ष देखि ई–रिकसा चलाएर आफ्नो घरपरिवारको पालन पोषण गदै आएका छन् अमन कुमार श्रिवास्तव । उनी वीरगञ्ज महानगरपालिका वडा नं ३ निवासी हुन । श्रिवास्तव  बसर्पाक देखि मितेरीपुल, घन्टाघर तथा वीरगञ्ज आसपासका क्षेत्रमा इ–रिक्सा चलाउने गरेका छन् । पौने ५ लाखको इ–रिक्सा उनी किस्ताबाट लिएका हुन । “उनले भने ४ लाखको रिक्सा थियो ।

तर किस्तामा पौने ५ लाख परेको छ, जस्को ४ वर्षे किस्ता गराएको छु ।” उनी रहेक दिन बिहान ७ बजे देखि रातीको ८ बजे सम्म रिक्सा चलाएर दिनको १ हजार देखि १५ सय रुपैयाको अम्दनी हुने श्रिवास्तवको भन्छन । नेपालमा २०७७ साल देखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशै भरी चलाईएको छ ।

रोजगार नपाएर युवा बैदेशिक रोजगारीमा मात्र नभई आफ्नौ देशमा कमाएर खाने भनेर सोच युवाहरुको छ । यस्तै वीरगञ्ज महानगरपालिका वडा नं ८ गहवा बस्ने भोला पटेल पनि पछिलो ४ वर्ष देखी ई–रिक्सा चलाई रहेका छन् । उनी बिदेशबाट फर्किएर शवदेशमै रोजगरी गर्ने सोच बनाएर आएका थिए । तर कोरोनाबाट प्रभावित बिश्व नै थियो भने उनी कसरी बच्ने ? आफ्नै देशमा रोजगार पाउनु अहिलेका युवाहरुलाई चुनौती नै छ ।

“उनी भन्छन” ‘देशमै शिक्षित युवालाई रोजगारी पाउन सहज छैन भने हामी जस्ता अशिक्षित युवालाई रोजगारी कहाँबाट पाउनु ?’ ‘त्यही भएर अहिले ई–रिक्सा चलाएर आफ्नो घरपरिवारको गुजारा गरिहरेको छु ।’

दिनको १ हजार १५ सैय रिक्सा चलाएर आम्दनी भई हाल्छ । पर्सा जिल्लामा ई–रिक्सा युवा त छन् । तर यस व्यावसायीमा महिला पनि आकर्शित हुदै गएको छन् ।

Leave A Reply

Your email address will not be published.