४२ औं बिपी कोइरालाको स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

286

साउन १० पर्सा, आनन्द पटेल। नेपाली कांग्रेसका जन नायक स्वर्गीय बिपी कोइरालाको ४२ स्मृति दिवसको अवसरमा बिहीबार जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजनागरी सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

 

सम्मान हुनेहरुमा ९१ वर्षीय रामपती बरै, जीतेन्द्र पुरुष ढकाल, खुदी महतो, गौरीशंकर गिरी, जोमादिन् सेख हवारी लगायत रहेका छन । नेपाली कांग्रेसका नेता मनोज कुमार महतोको अध्यताक्षमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य श्याम पटेलले जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

साथै प्रमुख अतिथि पटेलले स्वर्गीय बिपी कोइरालाले नेपाली राजनीतिमा खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए । उनले स्वर्गीय बिपी कोइरालाले हरेक नेपालीका लागि स्वास्थ्य, शिक्षा, सडक , बास आदि आधारभूत आवश्यकताहरु सहज रुपमा उपलब्ध होस भन्ने चाहेको र आज नेपालको हरेक गाउँमा स्वास्थ्य चौकी, शिक्षा, सडक आदिको विकास पुगिसकेको बताए ।

 

उनले भने ” स्वर्गीय बिपी कोइरालाले गरीब , असहाय , पिछडा वर्ग लगायतका जन्ताहरुको लागि सहज रुपमा शिक्षा, स्वास्थ्यका सुविधाहरु सहज रुपमा पुगोस् र आज उनको चाहना अनुसार नै ई सबै सुविधाहरू उपलब्ध भइरहेको बताए । साथै प्रमुख अतिथि पटेलले उनको ४२ औं स्मृति दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरेका पार्टीका नेता कार्यकर्ता लगायत आयोजकलाई विशेष धन्यवाद दिएका थिए ।

 

 

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ता, वडा नं ११ का उपसभापति जीतेन्द्र कुमार बरै लगायत समाज सेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.