अत्यधिक चिसो बढेका कारण देवतालका सामुदायीक विद्यालयमा २ दिन जाडो बिदा
२१ पुष, वीरगञ्ज । तराईरमधेशमा अत्यधिक चिसो बढेका कारण बाराको देवताल गाउँपालिकाका सबै सामुदायीक विद्यालय दुई दिनको लागि बन्द गरिएको छ ।
पालिकाको शिक्षा शाखाले आधिकारिक फेसबुक पेजमा आज एक पोष्ट गर्दै बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै आज र भोलि सबै सामुदायीक विद्यालयमा बिदा दिईएको जानकारी दिएको हो । राष्ट्रपति रनिङ्गशिल्डमा सहभागी विद्यार्थीहरुको अभ्यास भने जारी राख्न जारी सूचनामा उल्लेख छ ।
लगातार चार दिनदेखि तराई÷मधेसमा हुस्सु र कुहिरो सँगै बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ । मध्य पुसदेखि चिसो हावा चलेकाले तराईरमधेसका जिल्लामा विशेषगरी विपन्न परिवार समस्यामा परेका छन् ।
सामुदायीक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई चिसोका कारण हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै पुष २१ र २२ गते गरी दुई दिनको विदा दिइएको प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले बताए ।