इरान–अमेरिका दुई हप्ताका लागि युद्धविराममा सहमत
एजेन्सी – अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति जनाएका छन्। इरानले प्रस्ताव गरेको १० वुँदे योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको आधार मान्नुभयो। युद्धविरामको सर्तअनुसार, इरानले हर्मुज जलमार्गमा पानीजहाजलाई सुरक्षित बाटो उपलब्ध गराउनेछ।
इरानका विदेश मन्त्री सैयद अब्बास अराघ्चीले आक्रमण रोकिएमा युद्ध अन्त्य गर्न इरान तयार रहेको बताए। मध्यस्थकर्ताको रूपमा पाकिस्तानले राष्ट्रपति ट्रम्पलाई समयसीमा दुई हप्ता थप्न आह्वान गरेको थियो। स्थायी शान्तिका लागि पाकिस्तानमा थप वार्ता हुने अपेक्षा छ।
यस अघि ट्रम्पले इरानको सिंगो सभ्यता नष्ट गर्ने धम्की दिँदा विश्वभर आलोचना भएको थियो। पोप र बेलायतसहितका अमेरिकी साझेदारहरूले यस धम्कीको विरोध गरेका थिए।