कञ्चनपुरमा २९ लाख बराबरको पटका बरामद, एक जना पक्राउ

39

 

काठमाडौं । कञ्चनपुरमा अवैध रूपमा भण्डारण गरिएको करिब २९ लाख रुपैयाँ बराबरको पटका सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल हुन्। शनिबार (असोज २५) बेलुका उनीसँग २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका फेला परेका हुन्।

प्रहरीले पालको घरमा तलासी गर्दा ठूलो परिमाणमा पटका बरामद गरिएको जनाएको छ। बरामद गरिएका पटका बीचमा भारतबाट अवैध रूपमा ल्याइएका उच्च आवाज र बलयुक्त पटका समेत रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.