कपडा सहयोग अभियान अन्तर्गत कृष्णा कुशवाहाद्वारा नयाँ कपडाको हस्तान्तरण, वीरगंज कपडा बैंकको कार्यको प्रशंसा
वीरगंज, साउन ८ — “तपाईं संग धेरै छ भने हामीलाई दिनुहोस्, र तपाईंलाई जरुरी छ भने कमि भए हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै वीरगंज कपडा बैंकले विगत ६ वर्षदेखि दिन–दुःखी तथा असहायलाई कपडा र अन्य राहत सामग्री प्रदान गर्दै आइरहेको छ।
यसै अभियान अन्तर्गत आज वीरगंज–१३, राधेमाई निवासी मानवताप्रेमी कृष्णा कुशवाहाले कपडा बैंकको कार्यालयमै पुगेर अध्यक्ष लालबाबु सिंह र सचिव कन्हैया पटेललाई संयुक्त रूपमा २ झोला नयाँ कपडा हस्तान्तरण गर्नुभयो।
कपडा हस्तान्तरण समारोहमा बोल्दै कुशवाहाले भने, “बैंकको कार्य अत्यन्तै प्रेरणादायी छ। समाजका असहाय तथा पीडितहरूमाथि देखाएको समर्पण वास्तवमै प्रशंसनीय छ।” उहाँले यस्ता सेवामूलक कार्यमा साथ दिन समाजका अन्य व्यक्तिहरूलाई पनि प्रेरित हुन आग्रह गर्नुभयो।
कुशवाहाको सहयोगप्रति कपडा बैंक परिवारले आभार प्रकट गर्दै अन्य सामाजिक उत्तरदायित्वप्रति समर्पित व्यक्तिहरूलाई पनि यस्ता अभियानमा सहभागी हुन आह्वान गरेको छ।
कार्यक्रममा सञ्चारकर्मी राजकुमारी गुप्ता (ज्योति दैनिक), निरंजन शाह (एनएन न्यूज), र विशाल ठाकुर (प्लसवन ४के टेलिभिजन) को पनि उपस्थिति रहेको थियो ।