कांग्रेस–एमाले सरकार दलालको चाकरीमा बनेको हो : प्रचण्ड

8

वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कांग्रेस र एमालेको आफ्नै सोचले नभई, बिचौलियाहरूको दबाबमा बनेको आरोप लगाएका छन्।

पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारलाई ‘दलाल पुँजीवाद’ को प्रतीक भएको दाबी गरे।

प्रचण्डका अनुसार, कांग्रेस–एमालेको सरकार ‘डरले बनेको र डरले नै टिकेको’ हो। उनले दुवै पार्टीभित्रका इमानदार नेता तथा कार्यकर्ताहरूलाई यस्तो सरकारमा नबस्न आग्रह पनि गरे।

आफू मध्यम वर्गको प्रतिनिधि भएको दाबी गर्दै प्रचण्डले माओवादी आन्दोलनले सधैँ मध्यम वर्गको हितलाई प्राथमिकतामा राखेको बताए। उनले ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान नै आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताए।

सहकारी ठगी प्रकरणको सन्दर्भमा बोल्दै प्रचण्डले यसको समस्याको मूल जड कांग्रेस र एमालेका नेताहरू नै भएको आरोप लगाए। उनले सहकारी ठगहरूलाई कारबाही गर्न शक्तिशाली प्राधिकरण गठन गर्न खोज्दा आफ्नो सरकार ढालिएको र त्यसैले काम अघि बढ्न नसकेको बताए।

Leave A Reply

Your email address will not be published.