गिभ नेपालद्वारा वीरगन्जमा निःशुल्क कपडा वितरण

112

 

वीरगन्ज, ३१ जेठ — सामाजिक उत्तरदायित्व अन्तर्गत गिभ नेपाल संस्थाले शनिबार वीरगन्जको मुख्य चोक घण्टाघरमा गरीब तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै निःशुल्क रूपमा कपडा वितरण गरेको छ।

कार्यक्रममा करिब सय भन्दा बढी व्यक्तिहरूलाई लुगा वितरण गरिएको गिभ नेपाल संस्थाका अध्यक्ष शुशिल साह कानु जानकारी दिए । गर्मीको मौसमलाई ध्यानमा राखी हल्का र प्रयोग गर्न मिल्ने कपडाहरू वितरण गरिएको हो।

संस्थाका प्रतिनिधिहरुको सहयोगमा सम्पन्न कार्यक्रमले जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ। संस्थाका अनुसार आगामी दिनहरूमा अन्य स्थानहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने छ ।

गिभ नेपाल सामाजिक सेवा क्षेत्रमा क्रियाशील संस्था हो, जसले शिक्षा, स्वास्थ्य र मानव कल्याणसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

 

 

Leave A Reply

Your email address will not be published.