घरदैलोमार्फत जनमत बटुल्दै सन्जु साह, बारा–४ मा चुनावी माहोल तातियो

79

जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सन्जु साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै फेटा गाउँपालिका वडा नं. १ भलुही चौकमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त घरदैलो कार्यक्रममा उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा तथा अपेक्षाहरू सुनेका थिए। कार्यक्रममा सहभागी मतदाताले शिक्षा, स्वास्थ्य, रोजगारी र सडक पूर्वाधारका विषयमा चासो व्यक्त गरेका थिए।

घरदैलोका क्रममा उम्मेदवार साहले मधेशको हक–अधिकार, सामाजिक न्याय र समान विकासका लागि जसपा नेपाल निरन्तर संघर्षरत रहेको बताउँदै आफू निर्वाचित भए जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाए। उनले स्थानीय तहसम्म विकास पुर्‍याउने र युवालाई रोजगारीको अवसर सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।

कार्यक्रममा जसपा नेपालका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानले भलुही चौकसहित आसपासका क्षेत्रमा चुनावी माहोल थप उत्साहित बनेको स्थानीयले बताएका छन्।

Leave A Reply

Your email address will not be published.