चिल्ड्रेन माविमा भोजपुरी वक्तृत्वकला र मौलिक गीत प्रतियोगिता सम्पन्न

7

पर्सा, असार १९ — नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जस्थित चिल्ड्रेन माविमा भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न भएको छ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले भोजपुरी भाषा, संस्कृति तथा मौलिक परम्परालाई केन्द्रमा राखेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा मौलिक गीततर्फ कक्षा ७ का सुशान्त मण्डल प्रथम भएका छन् भने वक्तृत्वकलातर्फ कक्षा ८ की स्नेहा साह प्रथम भएकी छन्। प्रतियोगिताको निर्णायक स्थानीय कलाकार अजमतअलि अन्सारी रहेका थिए।

यसैबीच, भोजपुरी शब्दकला विषयक रोचक प्रतियोगितामा पनि अधिकांश विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको नेपाल भोजपुरी समाजका सल्लाहकार मनोजकुमार मिश्रले जानकारी दिए।

कार्यक्रम चिल्ड्रेन माविका सञ्चालक तथा प्रधानाध्यापक सुमन दास र सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सफल बनाउन शिक्षिका रोशनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहयोग गरेका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी र स्थानीय कलाकार अजमतअलि अन्सारीले भोजपुरी गीत प्रस्तुत गरेका थिए। उनीहरूको सांगीतिक प्रस्तुतिले विद्यार्थीहरू उत्साहित बनेका थिए।

Leave A Reply

Your email address will not be published.