जनता समाजवादी पार्टी नेपालको भव्य घरदैलो, बारा–४ चैनपुरमा ‘छाता छाप’को गुञ्जन

75

बारा, फागुन ६।

बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत परवानीपुर गाउँपालिका–४ चैनपुरमा सम्पन्न जसपा नेपालको घरदैलो कार्यक्रममा शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सञ्जु साहको नेतृत्वमा पार्टीका वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल, नेता रमेश सराफ, रामचन्द्र सिंह, जगत साह, भूपेन्द्र पटेल, सन्दिप यादव तथा भिखारी साहको सक्रिय उपस्थिति रहेको थियो।

नेताहरूले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा, मधेसको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणबारे धारणा राखेका थिए।

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सम्बोधन गर्दै बारा–४ मा विकासको नयाँ अध्याय सुरु गर्ने समय आएको उल्लेख गरे। उम्मेदवार सञ्जु साहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। टोल–टोलमा “छाता छाप जिन्दावाद” को नारा गुञ्जिएको थियो भने समर्थकहरूले आगामी निर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई विजयी गराउने अठोट व्यक्त गरेका छन्।

यस कार्यक्रमले बारा–४ मा जसपा नेपालको संगठनात्मक शक्ति र जनआधार बलियो रहेको सन्देश दिएको नेताहरूको दाबी छ। चुनाव नजिकिँदै जाँदा चैनपुरसहित समग्र क्षेत्रमा छाता छापप्रति समर्थन बढ्दो देखिएको उनीहरूको भनाइ रहेको छ।

Leave A Reply

Your email address will not be published.