जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरी पत्रकारमाथि गरे दुव्र्यहार

49

जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरेर पत्रकारमाथि दुव्र्यहार गरेका छन् । जिल्लास्वास्थ्य कार्यालय पर्साले क्लासिक बंक्वेटमा आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा मदिरा सेवन गरेर तालिम दिएका ठाकुरले पत्रकारहरुलाई अपशब्दले गालीगलौज गर्दै दूव्र्यवहार गरेका हुन् ।

चलचित्र पत्रकार संघलेले क्लासिक बंक्वेटमै एउटा चलचित्रको पोष्टर सार्वजनिक गर्ने कार्यक्रममा गएका पत्रकारहरुलाई ठाकुरले बाहिर आएर अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । उनले गालीगलौज र दुव्र्यवहार गर्न थालेपछि पत्रकारले मदिरा सेवन गरेका आएको हो ? भन्ने प्रश्न गरेपछि उनी त्यहाँबाट भागेका थिए ।

पत्रकारहरुले भने उनलाई बोलाएर मादक पदार्थ सेवन परीक्षण गर्नुपर्ने माग गरेका छन् । सरकारी कर्मचारी त्यसमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्नेले डिउटीमै रहेको बेलामा मदिरा सेवन गरेर पत्रकारलाई गाली गर्दै दूव्र्यवहार गर्नु एकदमै निन्दनीय घटना रहेको आम नागरिकले बताएका छन् । उनलाई नियन्त्रणमा लिएर मापसे चेक गर्नुपर्ने पत्रकाहरुको माग रहेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयको अभिमूखीकरणमा स्वास्थ्य निरीक्षक नै मदिरा सेवन गरेर आउछ भन्ने कस्तो अभिमूखीकरण हुन्छ ? भन्ने गम्भीर प्रश्न खडा भएको छ । घटनापछि उनी कार्यक्रमस्थल छोडेर भागेका छन् । उनी भागेपछि तालिममा सहभागी केही स्वास्थ्यकर्मीहरुले समेत आफूलाई सूचनाको हकको अभियन्ता, पत्रकार समेत भनेर चिनाउन खोज्ने ठाकुर शक्तिको दम्भ देखाउने खोज्ने गरेको जानकारहरु बताउछन् । घटनाको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई समेत जानकारी गराईसकेको र उनलाई नियन्त्रणमा लिएर मापसे चेक गराउने प्रशासनले आश्वासन दिएको छ ।

Leave A Reply

Your email address will not be published.