जापानमा मध्यराति ठूलो भूकम्प: अधिकारीहरूको एक हप्तासम्म ‘हाई अलर्ट’ रहने सुझाव
काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७।६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् ।
भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार सोमबार राति २३स्१५ बजे गएको थियो ।
भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर ९३१ माइल० को गहिराइमामा थियो । भूकम्पपछि देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । अहिले चेतावनीलाई हटाइएको छ । यद्यपि, तटहरूमा २७ इन्चसम्मका लहरहरू देखिएका छन् । भकम्पका कारण केही रेल सेवाहरू रोकिएको छ भने हजारौं घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।
अधिकारीहरूले आगामी दिनमा पनि भूकम्प आउन सक्ने चेतावनी दिँदै आम नागरिकलाई कम्तिमा पनि एक हप्तासम्म ‘हाई अलर्ट’ मा रहन सुझाव दिएका छन् । जापानका प्रधानमन्त्री सनाई तकाइचीले भनेका छन्, ‘भूकम्पलाई लिएर आफ्नो तयारी फेरि जाँच गर्नुहोला र यदि, झटका महसुस भयो भने तुरन्त बाहिर निस्कन तयार रहनुहोला ।’
न्युज एजेन्सी रोयटर्सका अनुसार झण्डै ९० हजार मानिसहरूलाई घरबाट बाहिर निस्कन आदेश जारी भएको छ ।