जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको छेकबार पुनःस्थापना कार्य सुरु

50

जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको वीरगंज गहवामाई मन्दिर परिसरको छेकबार पुनःलगाउने काम सुरु गरिएको छ । आन्दोलनका बेला छेकबार क्षतिग्रस्त भएपछि मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएको थियो ।

समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकाले पहल गर्दै आज बिहानै देखि छेकबार पुनःनिर्माण तथा पुनःस्थापना कार्य अघि बढाएको हो । नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा बिहानैदेखि काम सुरु गरिएको जनाइएको छ ।

महानगरपालिकाले मन्दिर परिसरलाई सुरक्षित, व्यवस्थित र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले छेकबार पुनःलगाउनुका साथै अन्य आवश्यक व्यवस्थापनका काम पनि चरणबद्ध रूपमा गर्ने जनाएको छ । यसबाट दैनिक दर्शनार्थी तथा सर्वसाधारणको आवतजावत सहज हुने विश्वास गरिएको छ ।

स्थानीयवासी तथा भक्तजनहरूले छेकबार पुनःलगाउने काम सुरु भएकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले काम छिटो सम्पन्न गरी मन्दिर परिसरलाई सुरक्षित बनाउन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.