प्रधानमन्त्री कप २०२६: गण्डकी प्रदेशको शानदार जीत, अर्जुन कुमाल बने नायक

84

वीरगञ्ज, पर्सा आनन्द पटेल— प्रधानमन्त्री कप २०२६ अन्तर्गत खेलिएको २७औं खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै शानदार जीत हात पारेको छ। खेल वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा सम्पन्न भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२७ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। गण्डकीका लागि अर्जुन कुमालले १४४ बलमा उत्कृष्ट १०२ रनको शतकिय पारी खेले। उनलाई विपिन खत्रीले ८६ बलमा ७६ रन जोड्दै राम्रो साथ दिए।
बलिङतर्फ कोशी प्रदेशका दिपेश कंडेलले ४ विकेट लिए भने सुजन थपलियाले १ विकेट हात पारे।

२२५ भन्दा माथिको लक्ष्य पछ्याएको कोशी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनमा समेटियो। कोशीका लागि दिपेश कंडेलले ७३ बलमा ५२ रन बनाउँदा आशिष मगरले ४० बलमा ३० रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

गण्डकीका लागि सिबिन श्रेष्ठले ३ विकेट लिए भने अपराजित पौडेलले २ विकेट झारे। उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले १०२ रन बनाउने क्रममा ८ चौका प्रहार गरेका थिए। यस जितसँगै गण्डकी प्रदेशले प्रतियोगितामा महत्वपूर्ण अंक हासिल गरेको छ।

Leave A Reply

Your email address will not be published.