नारायणी स्पोर्टस क्लबको तिन तल्ले भवन वडावासीको हितमा संचालन हुने वडा अध्यक्ष चौरसियाको भनाई
वीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको नारायणी स्पोर्टस क्लबको तिनतल्ले भवन स्थानियको स्वामित्वमा आएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले बुधबार पर्सेली सञ्चारकर्मीहरु सहित सो भवनको अवलोकन गर्दै प्रयोगबिहिन भवनलाई प्रयोगमा ल्याउने बताए । चौरसियाले भवन निर्माण भएको दुई बर्ष सम्म पनि प्रयोग बिहिन रहेको भन्दै स्थानियले सो भवन वडा समितीको मातहतमा ल्याएर स्थानिय समुदायलाई भोगचलन गर्न माँग गरे अनुसार सो भवन स्थानिय समुदायको मातहतमा ल्याउने काम भएकोे बताएका छन ।
उनले बिगत दुई बर्षदेखि सो क्लव कुनै व्यक्तिको कब्जामा रहेको र प्रयोग बिहिन रहेकाले यसको संरक्षणको लागि वडावासीहरुले वडा समितीलाई आग्रह गरेपछि आफु अग्रसर भएर संचारकर्मी र स्थानिय बुद्धिजिवीको उपस्थितिमा उक्त क्लबको ताल्चा खोलेर प्रयोगमा ल्याउने काम अघि बढाएकोे वडा अध्यक्ष चौरसियाले बताए । नारायणी स्पोट्र्स क्लबको तीन तल्ले भवन पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको संसदीय विकास कोष मार्फत रु ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको थियो ।
क्लब सञ्चालनका लागि वीरगन्जका समाजसेवी रवी विक्रम शाह (शिव राजा) ले जग्गा दान गरेका थिए । भवनको भुइ तल्ला २०८० सालमा र बाँकी २ तल्ला २०८१ सालमा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणपछि केहि व्यक्तिले भवन आफ्नो नियन्त्रणमा राखी संस्थागत उद्देश्य विपरित प्रयोग गर्दै आएको स्थानियले आरोप लगाए । क्लबको भावी सञ्चालन वडास्तरीय समिति र स्थानीय समुदायको प्रत्यक्ष निगरानीमा पारदर्शी ढंगले गरिने वडा कार्यालयले स्पष्ट पारेको छ । खेलकुद प्रवद्र्धन, युवा सशक्तिकरण र सामाजिक गतिविधिका लागि यो क्लबलाई केन्द्र बनाउने योजना रहेको छ।